काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
भानु जयन्तीका अवसरमा आज दिएको सन्देशमा उनले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न यो दिवसले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।” सामाजिक सञ्जालबाट जारी गरिएको प्रधानमन्त्री दाहालको सन्देशमा भनिएको छ ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
शिक्षा क्षेत्रको सुधारका लागि राज्य र सांसद नेता सवै गम्भीर हुनुपर्छ : गगनकुमार ...
निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको...
स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् - महामन्त...
गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
