काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज सैनिक मञ्च टुँडिखेलमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएकाे छ ।
विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियाे । यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समारोहमा उपस्थित हुनुहुन्थयाे । समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विशिष्ट पाहुनाहरुको उपस्थिति थियाे ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियाे भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले विशेष झाँकी प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारहरु:
आज पनि राष्ट्रिय सभाको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दै
एकीकृत समाजवादीद्वारा सरकार र पार्टीबीच समन्वय गर्न पाँच सदस्यीय संयन्त्र समिति ...
निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरे अनुसार आएन - अध्यक्ष माधवकुमार नेपा...
उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने
निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न नेता शशांक कोइरालालाई निर्वाचन आयोगको आनुर...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts