विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरूको भएको बताउँदै तदनुरुप प्रदेश सरकार क्रियाशील रहेकाे बताए ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सहभागितामूलक र समतामूलक समाजको निर्माणको सङ्कल्प संविधानले गरेको स्मरण सन्देशमा गरेका छन् ।
सन्देशमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचारहरु:
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन : झलनाथ खनाल
महिला उम्मेदवारलाई जित दिलाउने गरी तयारी गर्नुपर्छ : देउवा
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार छु- अध्यक्ष केपी शर्मा ओली
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts