कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०÷८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुँदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।
नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताए । उनका अनुसार आव २०८०÷८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ । ११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।
नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब एक किमी मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ । विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताए ।
“ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ”, उनले भने, “यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नुपर्छ ।”
सम्बन्धित समाचारहरु:
तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ -...
राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिन्नः मन्त्री म...
पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts