काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नवढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोव्वर नवनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् ।
उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगाएत सांसद नेता सवै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुराइने बताए ।
शिक्षालाई सूचना प्रविधिसंग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजक हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा उत्कृष्ट विधार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालित सडकमा स्थानीयद्वारा अवरोध
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल
कामीरिता शेर्पाले ताेडे आफ्नै रेकर्ड, २९औं पटक सगरमाथा आराेहण
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
