काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नवढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोव्वर नवनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् ।
उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगाएत सांसद नेता सवै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुराइने बताए ।
शिक्षालाई सूचना प्रविधिसंग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजक हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा उत्कृष्ट विधार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
२० लाख बालबालिकाले दादुराको खोप लगाए
सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने
भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता
प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको दायित्व हो : रवि लामिछाने
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
