काठमाडौँ । विश्व आदिवासी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा आदिवासी जनजातीज संघ संस्थाहरुले संयुक्त रुपमा काठमाडौंमा सांस्कृतिक भेषभुषा, बाजागाजासहितको र्याली निकालेको थियो । काठमाडौंको भृकुटिमण्डपबाट सुरु भएको र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै कमलादी पुगेर समापन भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मूल नारासहित दिवस मनाएको हो । संयुक्त राष्ट्रसङ्घले भने स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
प्रत्येक वर्षको ९ अगष्तमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसघंको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र र्संवर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय समेत गरेको थियो ।
सम्बन्धित समाचारहरु:
जनताको अपेक्षा अनुसार अझै गति दिन सकेको छैन् : प्रधानमन्त्री
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
कांग्रेसले मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन LIVE
माटाको पाला बनाउन व्यस्त झापाका कुमाल समुदाय
उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
