काठमाडौं । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसङ्घले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसङ्घको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् ।
राष्ट्र सङ्घीय पर्यावरण कार्यक्रम (युएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भने, “खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।” रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ ।
खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्र सङ्घले सङ्कलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्बिर प्रदान गर्दछ ।
“डाटा सङ्कलनमा सुधार हुँदै गर्दा समस्याको यथार्थस्तर अत्यन्त स्पष्ट भएको छ”, युएनइपीका क्लेमेन्टाइन ओकनरले भने, “तपाईंले जति धेरै खानाको नोक्सानी खोज्नुहुन्छ, त्यति नै धेरै प्राप्त हुनेछ ।” एजेन्सी
सम्बन्धित समाचारहरु:
सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनायो
कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै त...
पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
सामूहिक भक्तिगान गर्दै मनाइयो मिथिलामा झुला पर्व
राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्छ -उपराष्ट्रपति नन्दबहादुर पुन
विद्यालय जाँदै गरेका एक बालकको ज्यान गयो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts