काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित कुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।
बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेश्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन्। अहिले खेलिरहेका सबै खेलाडीहरु फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए। उनले विश्वकप खेल्ने नेपाली टिम बलियो रहेको जिकिर गरे। पौडेलले दुई खेलपछि आफू आरामका लागि तेश्रो खेल नखेलेको बताए ।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए। उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे ।
सम्बन्धित समाचारहरु:
आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
संकटको भूमरीमा नेपाली फुटबल
१६ औं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
मोरङ फुटबल एसोसिएसन बुढासुब्बा गोल्डकपकाे फाइनलमा प्रवेश
साफ यू-२० च्याम्पियनसिप : पेनाल्टीमा भुटानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश
नेपाली क्रिकेट टोलीको घोषणा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
