लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएको छ ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए ।
विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे ।
उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिए । उनले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे । आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे ।
सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गरेको थियो । सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएको थियो ।
त्यसैगरी नेपाल कम्युष्टि पार्टी (एमाले ) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ ।
सम्बन्धित समाचारहरु:
महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार ह...
विवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र...
नेकपा एमालेले जनायो निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति
बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसरमा राखिने
राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी
पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts