काठमाडौँ । आइतबार नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आइतबारै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् । उनी दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् ।
उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री खामिखावाले आइतबारै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आइतबारै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचारहरु:
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता
मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग नेपालकाे आग्रह
लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री डा खतिवडा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
