काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको बिकल्प नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताएका हुन् । उनले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए । सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनको भनाइ छ । राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाइ हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताए । गुरुङले राष्ट्रियता र जनताको मुद्धाहरुमा कम्युनिष्टहरु दृढ रहेको धारणा राखे ।
त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्राउन प्रोत्साहित गरेको धारणा राखे ।
सम्बन्धित समाचारहरु:
प्रतिनिधिसभाः छानबिन समिति गठनको माग
मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन...
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् - एमालेका महासचिव शंकर पोखर...
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्नेछौँ : प्रधा...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts