काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनसंगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने बताएकी छिन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफलका क्रममा उनले तीनवटै सञ्चारमाध्यमलाई एकीकृत गर्न संशोधन प्रस्ताव समेत आएको अवस्थामा त्यसलाई समितिले स्वीकार गरे कुनै समस्या नहुने बताइन् ।
उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सरकारले प्रस्तुत गरेको विधेयकले सार्वजनिक सेवा प्रसारणलाई नै जोड दिएको बताइन् । डिजिटल प्लेटफर्मका अन्य सञ्चारमाध्यमलाई समेट्ने अलग्गै कानुनहरु रहेको अवस्थामा सार्वजनिक सेवा प्रसारणकै दृष्टिकोणबाट ल्याइएको विधेयकलाई सोहि अनुसार नै अघि बढाउनुपर्नेमा जोड दिइन् ।
बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारण र सार्वजनिक सेवा मिडियामा विधेयक स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । मन्त्री शर्माले भने सार्वजनिक सेवा प्रसारण नाममा विधेयक आएकाले यसलाई सरकारले परिमार्जन गर्न नसक्ने स्पष्ट पारिन् ।
सम्बन्धित समाचारहरु:
नेसपाले गर्यो अध्यक्ष महिन्द्र राय यादवसहितलाई पदमुक्त
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
राष्ट्रियसभाकाे बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
उपप्रधानमन्त्री सिंहले भने : विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौं
देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिनेगरौ - अध्यक्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
