एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।
पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।
युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।
मार्च २०२३ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन् ।
मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकी थिइन् । उनलाई बधाई दिने विश्वका नेताहरूको पङ्तीमा पुटिन र जेलेन्स्की पनि रहेका छन् ।
सम्बन्धित समाचारहरु:
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
सौर्य आँधी पृथ्वीसँग ठोक्किँदा सम्पूर्ण उत्तरी गोलार्द्धमा रङ्गीन प्रकाश देखियो
अमेरिकी चुनाव : ह्यारिस आधिकारिकरूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्व...
७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ता...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts