काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।
सोमबार सिहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरुको संख्या रुस सरकारसंग माग गरिएको जानकारी गराएका हुने । रुसमा मृत्यु भएका नेपालीहरुको शव नेपाली पठाउने र क्षतिपूर्ति समेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको बिषयमा रुस सरकारले सहमत जनाएको धारणा राखेका छन् ।
श्रेष्ठले इजरायल–हमास युद्धमा हमासको कव्जामा रहेका भनिएका बिपिन जोशी औपचारिक र आधिकारिक अवस्थामा बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए । उनले आर्थिक कुटनीतिलाई मात्रै केन्द्रीत गर्नेगरि छुट्टै महाशाख बनाउने तयारी गरेको भन्दै यसबाट बिकास र समृद्धिको कार्यभार पुरा गर्न सहज हुने धारणा राखे ।
परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरेका छन् ।
अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनको भनाइ छ । बैठकमा समिति सदस्यहरुले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने लगाएतका धारणा राखेका थिए ।
सम्बन्धित समाचारहरु:
कांग्रेसको प्रमुख सचेतकमा रोकाय
बैंकिङ तथा वित्तीय कारोवारका लागी पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन मिल्दैन : माधव कुमार
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
