काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।
आज बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियाे ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।
सम्बन्धित समाचारहरु:
आजदेखि थानकोट चन्द्रागिरि–चित्लाङ सडक एक महिनाका लागि बन्द
उपप्रधानमन्त्री सिंहले भने : विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौं
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउ...
मानसिक स्वास्थय सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
संसद्मा कांग्रेसको अवरोध कायमै
दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
