काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले बिभिन्न समस्या समाधान गर्दै राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढेको भन्दै समयमा नै आयोजना सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका हुन् ।
मन्त्री महासेठले करिव १८ सय किलोमिटर रहेको हुलाकी सडकखण्डको कामले गति लिएपनि केहि खण्डमा समस्या देखिएकाले असार मसान्तभित्र समस्या समाधान गरि काम गर्न अल्टिमेटम दिएको जानकारी दिए । उनले महिनाको डेडलाख सवारी चालक अनुमति पत्र छाप्ने गरि काम सुरु भइसकेको भन्दै पूर्ण रुपमा छाप्न १२ देखि १४ महिना लाग्ने जिकिर गरे । उनले सवारी चालक अनुमति छपाइमा अव समस्या नहुने दावी गरे ।
बैठकमा समिति सदस्यहरुले बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न नहुँदा आम जनतालाई समस्या परेको भन्दै राज्यले गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिएका थिए । समिति सदस्य माधव सापकोटाले समयमा नै काम नभएको गुनासो जनताले गरेपनि निर्माण कम्पनीलाई कारवाही गर्न नसकिएको बताए ।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीलाई दिइएको बिकास बजेट निकै कम भएको भन्दै आगामी बर्षको बजेटमा सरकारले यसलाई ध्यान दिनुपर्ने बताए । कर्णालीका अधिकांश स्थानको बाटो निकै दयनिय भएको भन्दै उनले सरकारले नसके आफै बिकास गर्ने बताए ।
त्यस्तै, अन्य समिति सदस्यहरुले ठेक्का लिएर समयमा नै आयोजना सम्पन्न गर्ने कम्पनीलाई कडा कारवाही गरि क्षतिपूर्ति भराउने व्यवस्था गर्न समेत सुझाव दिएका थिए ।
सम्बन्धित समाचारहरु:
आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुनेछन् : सभामुख घिमिरे
दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग
चिर्पटले हानेर एक युवकको हत्या
हरितालिका तीज : पशुपति क्षेत्रमा तयारी पूरा, चार वटै सुरक्षा निकायले सुरक्षा दिन...
प्रतिनिधि सभाको बैठक स्थगित
मुस्लिम हजुरबुवालाई रक्सीको बोतलले मारेको अभियोगमा अस्ट्रेलियाली एक व्यक्तिलाई ज...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts