काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि उनी रिहा भएको प्रहरीले जानकारी दिएको छ ।
कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । राप्रपाका कार्यकर्ता (घटनापछि निलम्बित) उनी श्रेष्ठको जाहेरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिकमत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए । सो घटनाका सम्बन्धमा बम बिहीबार पक्राउ परेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरूले उनको रिहाइका लागि दबाब दिँदै आएका थिए ।
सम्बन्धित समाचारहरु:
प्रचण्डमा चरम सत्तामोह देखियो : डा. भट्टराई
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए
एमाले महाधिवेशन विस्तारित कमिटी :निर्णय गर्ने अधिकारअध्यक्षमा केन्द्रित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
