चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो ।
भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भन्नुभयो, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।”
शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेट
आज देशका केही प्रदेशमा पानी पर्ने सम्भावना
भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न...
राेकिएकाे गौतमबुद्ध क्रिकेट रङ्गशालाकाे निर्माण पुन: सुरु
सन्दर्भः जनसंख्या दिवस–जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव
सरकारले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेको आइस्पानको आरोप
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
