काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तीका च्यातेका छन् ।
मंगलबार विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तीका च्यातेका हुन् । आफु निकै नरम प्रवृतिको मान्छे भएपनि सो मन्त्रालयको बजेट देख्नेबितिकै रिस उठेको उनले बताए ।
लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताए । उनले पहँुचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरेको आरोप लगाए । उनले अहिले बजेट बनाउने मौका पाउदा मन्त्रीहरुले देखाएको गलत कामले अहिलेको व्यवस्थामाथि उठेको आक्रोश सहि पुष्टि हुदै गएको दावी गरे ।
उनले संसदमा रहेका सवै सांसदहरु जनताको मत लिएर आएको भन्दै बजेटको बितरणमा देखिएको पक्षपात उचित नभएको तर्क गरे ।
सम्बन्धित समाचारहरु:
लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले आज शपथ लिने
प्रतिनिधिसभा शून्य समय :मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव
प्रधानमन्त्री ओली आज न्यूयोर्क जाँदै
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली
कांग्रेसले मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने
नेकपा एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कार्यदलले बिहीबारअन्तिम रुप द...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts