काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ ९छ० बमोजिमको कसुर गरेको पुष्टि भएको थियो । सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
प्रतिवादीहरूलाई ऐनको दफा २३ ९१० बमोजिम जरिवाना तथा दफा २३ ९१० ९ख० बमोजिम कैद सजाय समेतको मागदावी गरी उच्च अदालत पाटनमा र काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।
सम्बन्धित समाचारहरु:
विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बदाउछू - उम्मे...
रास्वपाद्धारा आज सोमबार पनि प्रदर्शन
मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो
दुई दिन बिदा : शैक्षिक क्षेत्रको मोडालिटिबारे निर्णय
प्रहरी चढेको गाडी पल्टियो, ३० घाइते
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts