काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । राज्यका स्रोत साधनहरु जनताको हितमा सोच बिचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरु धेरै राम्रोगरि आएको धारणा राखे ।
उनले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुराउदै संवेदनशील हुनुपर्ने बताए ।
सम्बन्धित समाचारहरु:
एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो - अध्यक्ष केपी शर्मा ओली
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
उपलब्द जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्छ -अध्यक्ष पुष्पकमल दाहाल
केशव स्थापितद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा बैठक : भारत भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीसमक्ष माग
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
