काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले बिगतका भन्दा निकै राम्रो संविधान बनेपनि केहि त्रुटिहरुलाई संशोधन गर्दै संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले संविधानमा उल्लेख मौलिक अधिकार र अन्य धाराहरुमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्ने अवस्थामा पुगे व्यवस्थाका साथै अवस्था पनि परिवर्तन हुने धारणा राखेकी छिन् ।
राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरुलाई व्यवहारमा उर्तान गम्भीरतापूर्वक लाग्नुपर्ने उनको भनाई छ । मन्त्री शर्माले संविधान, व्यवस्था र कानूनका कुरा जनतामा लैजान नसक्दा कार्यान्वयनमा केहि समस्या देखिएको बताइन् । उनले मुलुकको परिवर्तनप्रति देखिएका नकारात्मक भावलाई हटाउन व्यवहारमा सुधार गर्दै जानुपर्ने जिकिर गरेकी छन् ।
उनले व्यवस्था सञ्चालन गर्नेको दोष व्यवस्थाले भोग्नु नहुने र गल्ती गर्ने जतिसुकै ठूला मान्छे भएपनि कानूनी दायरामा आउने स्पष्ट बताएकी छन् ।
सम्बन्धित समाचारहरु:
माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भयो प्रतिनिधिसभाको बैठक
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग नेपालकाे आग्रह
सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न छलफल सुरु
नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts