काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला, २०८१’ कोे आज स्थलगत अवलोकन गरेकी छिन् ।
अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यक्रम, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेकी थिइन् ।
राजदूत भोल्कलाई महानगरका उपप्रमुख सुनिता डङ्गोलले सीप मेला सबैलाई समान अवसर प्रदान गर्ने तथा व्यावसायिक पेसाको क्षमता विकासको कार्यक्रम भएको बताएकी थिइन् । तालिम लिएकालाई रोजगारी दिन वा स्वरोजगार बनाउनका लागि अन्तिम दुई दिन रोजगार मेलाको आयोजना गर्ने उनको भनाइ थियो ।
उपप्रमुख डङ्गोलले भनिन्, “तालिममा सञ्चालन गरिएको प्रयोगात्मक कक्षामा सहभागीले फलामको घर निर्माण गरिसक्नुभएको छ, इँटा प्रयोग गरी भवनको जग निर्माण गरिसक्नुभएको छ, टायल र मार्बल प्रयोग गरी संरचना निर्माण गर्नुभएको छ, यो तालिमको प्रभाव हो ।”
कामपाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बेरोजगारलाई श्रम बजार र रोजगारीसँग जोड्नु नै मेलाको उद्देश्य भएको बताए । “तालिम लिनका लािग स्थानीय, फोहर प्रभावित क्षेत्रका व्यक्ति र महिलालाई प्रोत्साहित गरेका छौँ”, उनले भने ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घसँगको सहकार्यमा गत वैशाख १९ गतेदेखि सुरु ‘सीप मेला २०८१’ कामपाको गौरव योजनाअन्तर्गत रहेको छ । ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ नाराका साथ सुरु मेलामा १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ । मेलामा १८ देखि ५८ वर्ष उमेर समूहका व्यक्ति सहभागी छन् ।
सम्बन्धित समाचारहरु:
राष्ट्रिय सभाकाे बैठक पनि आज बस्दै
महानगरपालिकाले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छः प्रधानमन्त्र...
नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : महासचिव पोखरेल
अध्यक्ष नेपालले भने : गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
