एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।
सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । सन् २००५ देखि २०१७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो । येचुरीको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।
सम्बन्धित समाचारहरु:
दिल्लीमा तातो लहर आउने क्रम जारी
अनुसन्धान: थैलामसमा मस्तिष्क सर्किटले दिमागमा जानकारी राख्न मद्दत गर्दछ
युरोपियन सङ्घको चुनावको अन्तिम दिन मतदान सुरु
तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु
वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको ज्यान गयो
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
