एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।
सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । सन् २००५ देखि २०१७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो । येचुरीको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।
सम्बन्धित समाचारहरु:
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन
ट्विटरको बोर्डमा सामेल नहुने भए टेस्लाका सीईओ एलोन मस्क
१८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
