रामल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिङ्गको व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ ।
युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख, जोसेप बोरेलको बयानको प्रतिक्रियामा ईयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनःसक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो ।
बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनःउत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताएका छन् ।इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेश बिन्दु रफाह क्रसिङ्ग लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो ।
युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो ।
सम्बन्धित समाचारहरु:
दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
पाकिस्तान र इरानबाट दुई हजार बढी अफगान आप्रवासी निर्वासित
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
साठी लाख अफगानीलाई सहायता वितरण
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
श्रीलंकालाई विश्व बैंकले ६० करोड डलर आर्थिक सहायता उपलब्ध गराउने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts