एजेन्सी । युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनी लगायत २१ वटा युरोपेली देशहरूमा मतदान सुरु भएको छ ।
युक्रेनको युद्ध, अमेरिका–चीन प्रतिद्वंद्विताले चिह्नित विश्वव्यापी व्यापार र औद्योगिक तनाव, जलवायु आपतकाल आदि समस्या सामना गरिरहेको यो महाद्वीपका लागि यो एक महत्वपूर्ण समय हो ।
मतदानको नतिजाले ब्लकको अर्को संसद र अप्रत्यक्ष रूपमा शक्तिशाली युरोपेली आयोगको संरचना निर्धारण गर्नेछ जसले आगामी पाँच वर्षमा युरोपेली सङ्घका नीतिहरूलाई आकार दिन मद्दत गर्नेछ।
“युरोपेली संसदले आफ्नो सही भूमिका खेल्नका लागि यो निर्वाचन महत्त्वपूर्ण छ, यसले सबै युरोपेली नागरिकहरूको दैनिक जीवनमा भूमिका खेल्नुपर्छ“, मतदाता कोस्टास कारागियानिसले एथेन्सको मतदान केन्द्रबाट भने ।
आगामी युरोपेली संसदको ७ सय ७० सिटमध्ये अधिकांशमा मध्यमार्गी मुख्यधाराका दलहरूले कब्जा गर्ने प्रक्षेपण गरिएको छ तर जनमत सर्वेक्षणले बलियो अति दक्षिणपन्थीले यस धारलाई रूढीवादतर्फ धकेल्दा उनीहरू कमजोर हुने अनुमान गरेको छ ।
सम्बन्धित समाचारहरु:
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ
हिरासतमा राखिएका कैदी बालबालिका र नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्छ : जेलेन्स...
Covid-19: बेइजिङले सहरका केही भागहरूमा सार्वजनिक यातायात तत्काल बन्द
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह
चीनमा H3N8 बर्ड फ्लूको पहिलो मानव केस
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
