एजेन्सी । युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेल्गोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताएका छन् ।
आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ ।
रूसले गत हप्ता बेल्गोरोड क्षेत्रमा सङ्घीयस्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ ।
रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनला...
गाजाको ८४ प्रतिशत भूभागमा इजरायलद्वारा बस्ती खाली गर्ने आदेश
सार्कलाई निरन्तर सहयोग गर्ने राष्ट्र सङ्घका महासचिव गुटेरेसको प्रतिबद्धता
इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो
सिरिया टर्कीसँग सम्बन्ध सुधारका लागि खुला छः असद
चीनमा H3N8 बर्ड फ्लूको पहिलो मानव केस
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
