काठमाडौं । आज २०८१ साल साउन ८ गते मंगलबार । सन् २०२४ जुलाई २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समाचार पढेर कस्तो लाग्यो?
+1
+1
+1
+1