एजेन्सी । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए । उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
“डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको वीरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।
सम्बन्धित समाचारहरु:
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
फिलिपिन्समा भएकाे सवारी दुर्घटनामा १७ जनाको मृत्यु
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
अमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएका कारण एक अर्बभन्दा बढी चरा मर्छन् : अध्यय...
मुल्तान शहरमा भवन भत्किँदा ९ जनाको मृत्यु ,२ जना गम्भीर घाइते
दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
