एजेन्सी । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए । उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
“डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको वीरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।
सम्बन्धित समाचारहरु:
ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प
चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल
रूसी नेता पुटिनलाई पक्राउ गर्न आग्रह
दिल्लीमा तातो लहर आउने क्रम जारी
राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको निन्दा
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
