एजेन्सी । म्यानमाका उद्धारकर्ताहरूले व्यवसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो ।
“उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्”, अग्नि नियन्त्रण सेवाले शुक्रबार राति फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ । तीन जना पुरुष, एक १६ वर्षीय बालक र एक १२ वर्षीया बालिकाको शव याङ्गुन जनरल अस्पतालमा पठाइएको विज्ञप्तिमा जनाइएको छ ।
अल्पविकसित यातायात र कमजोररूपमा लागू गरिएका सुरक्षा नियमहरूका कारण म्यानमामा डुङ्गा दुर्घटनाका घटनाहरु सामान्य छन् ।
सम्बन्धित समाचारहरु:
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा
‘मैले १६२, १६४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेँ तर तिनीहरू गणना भएनन्': पूर...
छोराछोरिलाई बिष खुवाएर आत्महत्या
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा
क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
