काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति बिषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।
उनले बिभिन्न तथ्याङ्कहरुको आधारमा गतबर्षभन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक बृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।
मन्त्री पुनले जलविधुत लगाएतका क्षेत्रमा केहि राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केहि समस्या देखिएको धारणा राखे ।
उनले किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
प्रहरीद्वारा धादिङबाट चार किलो चरेश बरामद
बागमती नदी महोत्सव आयोजना हुँदै
पहिराेले अरनिकाे र बीपी राजमार्ग अवरुद्ध, एकतर्फी सुचारु
साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
श्रम मन्त्रालयले गर्यो श्रमाधान कार्यक्रम सार्वजनिक
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
