धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए ।
धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । उनले त्यतिबेला सञ्चालन नभएको सम्पर्क कार्यालय अब नियमितरूपमा सञ्चालन हुने बताए ।
आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तर्क्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार लीलाबल्लव घिमिरेले बताए ।
सम्बन्धित समाचारहरु:
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रध...
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई
दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी
रायमाझी बाबुछोरा अलग-अलग हिरासतमा
लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
