काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् ।
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशनल २०२४’ को उपाधि जिते । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।
प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
मुगु हिमपहिरो अपडेट : ३ जनाको घटनास्थलमै मृत्यु
सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सम्पूर्ण खर्च
स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जना पक्राउ
नेपाल मजदुर किसान पार्टीद्वारा घोषणा पत्र सार्वजनिक
महानगरले लगायो सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला
मेरो नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गर्यो - अध्यक्ष केपी ओली
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
