काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् ।
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशनल २०२४’ को उपाधि जिते । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।
प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन
एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने
भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु
एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु
कांग्रेस सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल
एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका दुवै उम्मेदवारी बदर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts