काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफुहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए । त्यस्तै उनले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे ।
उनले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।
सम्बन्धित समाचारहरु:
गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छः गृहमन्त्री ...
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रध...
कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय ...
कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भयो प्रतिनिधिसभाको बैठक
स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन् - महामन्त...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts