काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबार काठमाडौँमा सिप मेला आयोजना गर्ने भएको छ ।
महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो ।
१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासंग सम्बन्धीत निशुल्क तालिम उपलव्ध गराउने उदेश्यका साथ सिप मेलाको आयोजना गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ ।
जसमा २९ प्रकारका पेशागत तालिम हुने उनले बताइन् । डंगोलले रोजगारीमार्फत नै काठमाडौंको समृद्धि हासिल गर्न सकिने भएकाले महानगरले रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन् ।
तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सत्तागठबन्धनबीच सातबुँदे सहमति, के–के हुन् ?
सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो : डा.तोसिमा कार्की
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्...
आज पनि प्रतिनिधि सभा बैठक बस्ने ,के छ कार्यसूचीमा ?
फागुन ३० गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
