जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा शिवराम यादव नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।
सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गरेका छन् । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त भएको थियो ।
विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारी विहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्र्तवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४ गते प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो ।
सम्बन्धित समाचारहरु:
केशव स्थापितद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता
बागलुङमा यस वर्ष बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न
सर्वोच्च अदालत : एक वर्षमा १५ हजार चार सय ८४ मुद्दा फर्स्योट
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान
ओलीले भने : मन्त्रीजीहरूले जनताले देख्ने गरी अनुभव गर्ने गरी सकारात्मक काम गर्नु...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
