जनकपुर । मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आजको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरी पारित भएपछि असार १ गते बजेट ल्याउनुपर्ने छ । यहाँ केही दिनअघि जनमत पार्टीको नेतृत्वमा मधेश सरकार गठन भएको छ ।
सम्बन्धित समाचारहरु:
निर्वाचनको लागि सरकार गम्भीर हुनुपर्छ -सभामुख अग्नी सापकोटा
पर्यटन बोर्डले चाँडै नेतृत्व पाउँछ : मन्त्री तामाङ
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त
राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्छ : माधव कुमार ...
'हेर्न नमिल्नेमा' गृहमन्त्री लामिछानेविरुद्धको मुद्धा
एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको छ - अध्यक्ष केपी शर्मा ओली
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
