काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
नवनियुक्त मन्त्री यादवले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री बनाएका हुन् ।
नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।