भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।
सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजारसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै
उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन : अध्यक्ष केपी शर्...
उपप्रधानमन्त्री सिंहले भने : विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौं
जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको ...
निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने
(डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts