बाली । इन्डोनेशियाले चर्चित पर्यटकीय स्थल बालीमा नयाँ होटल, भिला र नाइट क्लब निर्माणमा रोक लगाउने भएको छ । अत्यधिक निर्माण र थेग्नै नसक्ने पर्यटकको भारसँग जुधिरहेको समयमा सरकारले होटल निर्माणमा रोक लगाउन लागेको हो ।
बालीको पर्यटन क्षेत्रको सुधार गर्ने सरकारी प्रयास अन्तर्गत सो रोक लगाइएको बताइएको छ । यति बेला इन्डोनेशिया सरकार टापुको आदिवासी संस्कृति जोगाउँदै पर्यटकीय सेवाको गुणस्तर र जागिर बढाउने प्रयासमा छ ।
सरकारले प्रतिबन्ध लगाउन सहमति गरिसकेको तर यो लागू हुने म्यादबारे छलफल भइरहेको समुद्री तथा लगानी मामिला मन्त्रालयका एक वरिष्ठ अधिकारी हर्मिन एस्टीले भनेका छन् । बालीका चार व्यस्त क्षेत्रमा सो रोक लगाउन आफूले केन्द्र सरकारलाई सुझाव दिएको शनिबार बालीका अन्तरिम गभर्नर साङ मेड महेन्द्रा जयले भनेका थिए । यो रोक १० वर्षसम्म लाग्न सक्ने बताइएको छ ।
सम्बन्धित समाचारहरु:
आँधीका कारण भियतनाममा नौ जनाको मृत्यु
ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’
मुल्तान शहरमा भवन भत्किँदा ९ जनाको मृत्यु ,२ जना गम्भीर घाइते
भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य
गाजाको ८४ प्रतिशत भूभागमा इजरायलद्वारा बस्ती खाली गर्ने आदेश
हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
