काठमाडौँ । सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा उनीहरुले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरि प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।
सांसद शंकर भण्डारीले मुलुकभर बाढि र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन राज्यका निकायको ध्यानाकर्षण गराए । उनले सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
त्यस्तै सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको भएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन ध्यानाकर्षण गराए । पाण्डले बिपद्का बेला सवै राजनीतिक दल, सुरक्षा निकाय, आम नागरिक एक भएर लाग्नुपर्ने उल्लेख गरे ।
त्यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा भन्दा पनि वर्तमान सरकार सत्ताको पिडामा रहेको बताए । उनले बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्ने र वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । अन्य सांसदहरुले प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित समाचारहरु:
काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेपछि…
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा सभाको विशेष अधिवेशन आव्हान
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको स...
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई फोर.एच.नेपालले बुझायो १० बुँदे घोषणा प...
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts