बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो ।
गत बिहीबार दिउँसो बुढीगङ्गा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर खरानीमा परिणत गरेको थियो ।
आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितहरूले लगाएका छन् ।
सम्बन्धित समाचारहरु:
‘खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’ : मुख्यमन्त्री लामा
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
रुसले युक्रेनको ओडेसा नजिकैको एयरफिल्डमा अमेरिकी हतियार आक्रमण गर्यो
दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् - नेता डा. नारायण खड्का
बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
