बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सम्बन्धित समाचारहरु:
महिला उम्मेदवारलाई जित दिलाउने गरी तयारी गर्नुपर्छ : देउवा
नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, बारागढीका ४५ जना घाइते
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
निर्वाचनका कारण सुनसान सडक
तपाईंलाई डिभी पर्याे ? कसरी हेर्ने नतिजा ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts