बागलुङ । बागलुङमा गत असार, साउन र भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ ।
असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दश जना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।
यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । पहिरोमा परि २२ जना घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एकजना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउँछन् । बाढीपहिरोमा परि २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ । बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताए ।
जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पुर्याउन थालेको थियो । बाढीपहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब एक सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।
सम्बन्धित समाचारहरु:
सडक कालोपत्र भएपछि सहज
पाटनकाे कृष्ण मन्दिरमा आज दर्शनार्थीको घुइँचो
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले
मानवसेवा आश्रममा रहेका २७ भारतीयलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा ४ महिने बालकको मृत्यु
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts