मकवानपुर । बागमती प्रदेशको मैजुदा मन्त्रिपरिषदमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक जनामन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मुख्यमन्त्री जम्मट्टेलले बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री बज्राचार्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
मुख्यमन्त्री जम्मट्टेलले उनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेका थिए । प्रदेश प्रमुख शर्माले उनलाई उक्त जिम्मेवारी सम्हाल्ने गरी तोकेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द्रप्रसाद पौडेलले बताए ।
बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषदमा नेपाली कांग्रेसको तर्फबाट समावेश भएका छ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिइ पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए । उनले अब केही दिनभित्रै मन्त्रिपरिषदमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई समावेश गरी बहुमतको सरकार गठन गर्ने गृहकार्य भइरहेको बताए । मुख्यमन्त्री जम्मट्टेलले चैत २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सम्बन्धित समाचारहरु:
ओलीले दिए प्रचण्डलाई यस्तो जवाफः आफूहरुले हतियार नचलाए बिसाउन लगाउन आउँछ
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृतमा नियुक्त
नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका
कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ : एचआरडी कोरिया
परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाने
प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
