काठमाडौँ । बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन आगामी बैशाख २४ गतेदेखि लागू हुने भएको छ ।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै बैशाख २४ काठमाडौंको बसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थीतिमा बिशेष समारोह आयोजना गरि उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिएको हो । भाषा दिवस मूल समारोह समितिका संयोजक एवं बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भाषा विधेयक संघीयताको मेरुदण्ड भएको बताए ।
गत असोज २२ गते बागमती प्रदेशसभामा उक्त ऐन प्रस्तुत भएको थियो । संसदबाट सर्वसम्मत रुपमा पारित भएको उक्त ऐन कार्तिक २३ गते राजपत्रका प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्व भइ कानूनी व्यवस्था रहेकाले सोहि व्यवस्था अनुरुप बैशाख २४ गते ऐन कार्यान्वयनमा जान लागेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
महामन्त्री थापा भन्छन् : सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ
एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत
अहिलेको गठबन्धन चीरस्थायी हुँदैन : नेता पौडेल
कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भयो प्रतिनिधिसभाको बैठक
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने
नेपाल र कतारबीच भए यी ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौता, के–के हुन् ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
