काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।
बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।
सम्बन्धित समाचारहरु:
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि, चार अर्बभन्दा बढीको कारोबार
कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको ...
सुनको मूल्य १२ सय रुपैयाँले घट्यो
यस्ताे छ बिहीबारकाे विदेशी मुद्राको विनिमय दर
आज सुन र चाँदीको मूल्य स्थिर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
