काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।
सम्बन्धित समाचारहरु:
समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि, चार अर्बभन्दा बढीको कारोबार
अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक
यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
