काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतिताेला दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
गत आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७००, साेमबार १ लाख ४६ हजार ९०० रुपैयाँ र मंगलबार १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेकाे छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सम्बन्धित समाचारहरु:
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन
बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्यमा १ हजार ५ सयले बृद्धि, कतिमा हुँदैछ काराेबार ?
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा, अन्यको कति ?
यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
