काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको बताएका छन् ।
बिहीबार प्रदेशको सामाजिक बिकास मन्त्रालयले बिराटनगरमा आयोजना गरेको लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि कार्यक्रमका बोल्दै उनले यसअघि बजेट निर्माण गर्दा जानेर वा नजानेर गल्ती भएको भन्दै अहिले सन्तुलनमा ल्याउने काम भइरहेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको संरचना र पूर्वाधार निर्माणमा अत्यधिक समय र साधन श्रोत खर्चिनुपर्ने अवस्था भएकाले लैंगिक उत्तरदायी बजेट निर्माण हुन नसकेको बताए ।
लैंगिक रुपान्तरणका लागि लैंगिक उत्तरदायी बजेट ल्याउने कुरामा प्रदेश सरकार सचेत रहेको उनले बताए ।
त्यस्तै कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले महिला अधिकार सुनिश्चित गर्न महिलाको नेतृत्व अपरिहार्य रहेको धारणा राखे । पूर्वसचिव कृष्णहरी बास्कोटाले लैंगिक उत्तरदायी बजेट ल्याउने कार्य २०६४ सालको बजेटबाट शुरु भएको र यसबाट मुलुकको दिगो विकास सूचकांक सुधार गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।
सम्बन्धित समाचारहरु:
९ महिनापछि बस्दै, एमाले केन्द्रीय कमिटी बैठक
कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री, को–को हुन् ?
सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना
कांग्रेस सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल
मुद्रास्फीतिका आधारमा मौद्रिक नीति आउँछः गभर्नर अधिकारी
स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्योः योगेश भट्टराई
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
